काठमाडौं – नेकपा एमालेका सांसद सराज अहमद फारूकीले सरकारले ल्याएको नीति तथा कार्यक्रममा समर्थन नरहेको बताउनु भएको छ।
शनिबार बसेको प्रतिनिधि सभा बैठकको नीति तथा कार्यक्रममाथिको छलफल कार्यक्रममा बोल्दै उहाँले समाजवादको पक्षधर नेताहरूले ल्याएको कार्यक्रममा मौलिक अधिकारलाई ध्यानमा नराखेको बताउनु भयो।
‘सरकारको नेतृत्व गर्ने नेता समाजवादको पक्षधर हुने गरेको दावा गर्नुहुन्छ। तर यो नीति तथा कार्यक्रममा कहीँ कतै झल्किएन,’ उहाँले भन्नुभयो, ‘देशको सूचांकमा सबैभन्दा कमजोर र पिछडिएका समुदायको शिक्षा, स्वास्थ्य तथा संविधानमा दिएको मौलिक अधिकारलाई ध्यान नदिएको खालको नीति तथा कार्यक्रम ल्याइएको छ। यस्तोमा म नीति तथा कार्यक्रमको समर्थन गर्न सक्दिनँ।’
प्रतिक्रिया