काठमाडौं – नेकपा एमालेका सांसद रघुजी पन्तले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आशन्न भारत भ्रमणका क्रममा लिपुलेक, पञ्चेश्वर र सीमा विवाद समस्या समाधान गर्ने एजेण्डा रहेको छ कि छैन भनेर प्रश्न गर्नुभएको छ।
शनिबारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री प्रचण्डले लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालकै भुमि भएको बताउनु भएको थियो ।
सांसद पन्तले भन्नुभयो, ‘प्रधानमन्त्रीज्यूले सरकारको नीति तथा कार्यक्रममा उठेका प्रश्नको जवाफ दिने क्रममा कालापानी, लिम्पियाधुरा र लिपुलेक नेपालको भूभाग हो भन्नुभयो। तर उहाँको आशन्न आगामी भारत भ्रमणमा यो कुरा वार्ताको एजेण्डामा छ कि छैन ? इपीजी अर्थात प्रवुद्ध व्यक्ति समूहले बुझाएको प्रतिवेदन भारत भ्रमणको एजेण्डामा छ कि छैन ? र मेचीदेखि महाकालीसम्मका सीमा विवाद समाधान गर्ने एजेण्डा छ कि छैन ? र, महाकाली सन्धीपछि पञ्चेश्वर परियोजना कार्यन्वयन हुनुपर्दथ्यो । त्यो परियोजनामा नेपालको हक सुरक्षित गर्दै कार्यन्वयन गर्ने एजेण्डामा छ कि छैन ?’
प्रतिक्रिया