अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

संघीय संसद्को संयुक्त बैठक बस्दै, यस्तो छ कार्यसूची

संघीय संसद्को संयुक्त बैठक बस्दै, यस्तो छ कार्यसूची


काठमाडौँ । सङ्घीय संसद्को संयुक्त बैठक आज बस्दै छ । बैठक सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने भएको हो । 

बैठकमा नियमावली मस्यौदा समितिको प्रतिवेदनमाथि दफावार छलफल तथा पारित हुने सङ्घीय संसद् महासचिवले जनाएको छ । 

सङ्घीय संसद्का महासचिव डा.भरतराज गौतमका अनुसार बैठकमा मस्यौदा समितिका सभापति ध्रुवबहादुर प्रधानले सङ्घीय संसद्को बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली २०८० को मस्यौदा प्रतिवेदनमाथिको संशोधनसहितको दफावार छलफल सदनमा गरियोस् भनी प्रस्ताव प्रस्तुत हुनेछ । 

उक्त मस्यौदा प्रतिवेदनमाथि प्राप्त संशोधनहरूलाई क्रमशः निर्णयार्थ प्रस्तुत गरिने सम्भावित कार्यसूची रहेको छ ।

यस्तै आजै दिउँसो एक बजे संसद्को नियमित बैठक पनि बस्दैछ । सो बैठकमा अर्थ मन्त्री डा प्रकाशशरण महतले “आर्थिक वर्ष २०७९/०८० को आर्थिक सर्वेक्षण” पेस गर्ने सम्भावित कार्यसूची रहेको छ ।