अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भारत भ्रमणबारे प्रधानमन्त्रीले आज राजनीतिक र कूटनैतिक छलफल गर्दै  

भारत भ्रमणबारे प्रधानमन्त्रीले आज राजनीतिक र कूटनैतिक छलफल गर्दै  


काठमाडौँ-प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणबारे आज राजनीतिक र कूटनैतिक छलफल गर्नुहुने भएको छ ।

प्रधानमन्त्री प्रचण्डले सिंहदरबारमा आज दिउँसो २ बजे पूर्वप्रधानमन्त्री, दलका नेता र पूर्वपरराष्ट्रमन्त्रीसँग छलफल गर्नुहुने भएको हो ।  

यस्तै प्रधानमन्त्रीले आजै कूटनैतिक परामर्श पनि गर्ने उहाँको सचिवालयले जनाएको छ । 

छलफलका लागि पूर्वपरराष्ट्र सचिव, भारतका लागि पूर्व राजदूतहरू र विज्ञहरूलाई बोलाइएको छ । 

प्रधानमन्त्री प्रचण्डले यही जेठ १७ देखि २० सम्म भारत भ्रमण गर्ने कार्यतालिका छ ।