अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

 मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै, यस्ता छन् एजेण्डा

 मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै, यस्ता छन् एजेण्डा


काठमाडौँ-मन्त्रिपरिषद् आकस्मिक बैठक बस्दैछ । बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बिहान ११ बजे बस्न लागेको हो । 

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आसन्न भारत भ्रमण, भोलि संसद्मा पेस हुने आर्थिक वर्षको बजेट र गणतन्त्र दिवसमा कैदीहरूलाई दिइने छुटबारे निर्णय हुने जनाइएको छ ।  

प्रधानमन्त्री प्रचण्ड यही जेठ १७ गतेदेखि चार दिने भारत भ्रमणमा जाँदै छन् । त्यस्तै रेशम चौधरीको कैद मिनाहा गर्नेगरी सरकारले फाइल अघि बढाएको छ । 

यस्तै भोलि जेठ १५ गते संसद्मा पेस हुने बजेट पनि मन्त्रिपरिषद्ले पास गर्नेछ । मन्त्रिपरिषद्को नियमित बैठक साताको प्रत्येक मंगलबार बस्ने गर्दछ ।