काठमाडौँ-संघीय संसद् अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठक आज बस्दै छ ।
बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा अपराह्न ४:१५ मा सुरु हुनेछ ।
आजको संयुक्त बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/०८१ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) पेस गर्ने सम्भावित कार्यसूची रहेको छ ।
अर्थमन्त्री डा. महतले प्रस्तुत गरेको बजेट आजै साँझ ६ बजे संसद्मा पेस गरिनेछ ।

प्रतिक्रिया