अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अर्थतन्त्रलाई लयमा फर्काउन सरकार दृढ छ: अर्थमन्त्री

अर्थतन्त्रलाई लयमा फर्काउन सरकार दृढ छ: अर्थमन्त्री


काठमाडौं-अर्थमन्त्री डा. प्रकाशरण महतले अर्थतन्त्रलाई लयमा फर्काउन सरकार दृढ रहेको बताउनु भएको छ ।

संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेटको बारेमा सम्बोधन गर्दै अर्थमन्त्री महतले सो कुरा बताउनु भएको हो।  

‘अर्थतन्त्रलाई लयमा फर्काउन सरकार दृढ छ,’ महतले भन्नुभयो, ‘चुनौती र अवसरलाई मनन गर्दै सरकारी, नीजि र सहकारी क्षेत्रको लगानी विस्तार गरी उत्पदान, उत्तादकत्व र रोजगारीको अवसर बढाउने।’

उहाँले सार्वजनिक स्रोतको समुचित प्रयोग र अवसर तथा लाभको समन्यायिक वितरण गर्दै धनी र गरिबबीचको खाडल कम गर्ने सरकारको प्रतिवद्धता रहेको बताउनु भयो ।