अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

उत्पादन र रोजगार समृद्धिको आधार

उत्पादन र रोजगार समृद्धिको आधार


काठमाडौं – नेपाल सरकारले ‘उत्पादन र रोजगार स् समृद्धिको आधार’को नारालाई आत्मसात् गरी औद्योगिकीकरणको गतिलाई तीव्रता दिने भएको छ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले सङ्घीय संसद् बैठकमा आज आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै औद्योगिक प्रवर्द्धन, पूर्वाधार एवं मानव संसाधन विकास गर्ने उल्लेख गर्नुभयो । उहाँले असल औद्योगिक सम्बन्ध कायम गरी उत्पादन, उत्पादकत्व वृद्धि गरिने र उद्योग क्षेत्रमा स्वदेशी तथा विदेशी पूँजी र प्रविधि आकर्षण गर्न विभिन्न कार्यक्रमहरु सञ्चालन गरिने बताउनुभयो ।