अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

बजेटले आर्थिक समस्याको समाधान दिन सक्दैन : अध्यक्ष ओली

बजेटले आर्थिक समस्याको समाधान दिन सक्दैन : अध्यक्ष ओली


काठमाडौ – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रस्तुत बजेटले अहिलेको आर्थिक सङ्कट टार्न नसक्ने प्रतिक्रिया दिएको छ ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले आज सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८०र८१ बजेटका बारेमा प्रारम्भिक प्रतिक्रिया दिँदै पार्टी अध्यक्ष केपी शर्मा ओलीले बजेटले वर्तमान सङ्कटलाई धान्न नसक्नेबताउनुभएको छ ।

उहाँले भन्नुभयो, “यो बजेटले सङ्कट दर्शाउँछ तर समाधान केही पनि दिँदैन ।”

बजेटले अहिलेको समस्या समाधान गर्न सक्दैनः पूर्वअर्थमन्त्री पौडेल
यसैबीच एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेलले बजेटले मुलुकको अर्थतन्त्रका समस्यालाई देख्न नसकेको प्रतिक्रिया दिनुभएको छ ।

सङ्घीय संसद्बाट बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष ओलीले भन्नुभयो, “आज प्रस्तुत आगामी आवको बजेटले अहिलेको समस्या समाधान गर्न सक्दैन, यो बजेट समग्रतामा भन्दा आधारभूत सिद्धान्तमाथि उभिएर आएकै छैन ।”