अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

संसदीय सुनुवाइ विशेष समितिको पहिलो बैठक आज बस्दै

संसदीय सुनुवाइ विशेष समितिको पहिलो बैठक आज बस्दै


काठमाडौँ-संसदीय सुनुवाइ विशेष समितिको पहिलो बैठक आज बस्दैछ । बैठक सङ्घीय संसद् सचिवालय सिंहदरबारमा आज  बिहान ८ बजे बस्न लागेको हो । 

पहिलो बैठकमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रियसभा अध्यक्ष  गणेशप्रसाद तिमिल्सिना पनि उपस्थित हुनुहुनेछ । अघिल्लो संसद् अधिवेशनको अन्तिम दिनमा संसदीय समिति गठन भए पनि सभापति चयन हुन सकेको छैन ।

सभामुख घिमिरेले सहमतिबाट संसदीय समितिको सभापति चयन गर्न नसके निर्वाचन प्रक्रियाबाट भए पनि एक साता भित्र टुङ्ग्याउन दलहरूलाई निर्देशन दिइसक्नुभएको छ ।