अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नक्कली भुटानी शरणार्थी प्रकरण : आज पनि बयान लिइने

नक्कली भुटानी शरणार्थी प्रकरण : आज पनि बयान लिइने


काठमाडौँ-नक्कली भुटानी शरणार्थी प्रकरणमा अभियुक्तहरूको आज पनि बयान लिइने भएको छ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा अभियुक्तहरूको बयान लिइने भएको हो ।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाइ अमेरिका लाने भन्दै विभिन्न कसुरमा ३० जनाविरुद्ध  मुद्दा दर्ता भएको छ । 

उक्त मुद्दामा शुक्रबार दुई र आइतबार तीन जनाको बयान भइसकेको छ‌ । पक्राउ परेका मध्ये १२ जनाको  बयान हुनेछ ।