काठमाडौँ-क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा आजका लागि सुनुवाइ पेसी तोकिएको छ ।
यसअघि न्यायाधीश फणीन्द्र पराजुलीको इजलासमा लामिछानेका कानुन व्यवसायीले पीडितको उमेरको विवादमा पेस गरेको जन्ममिति सम्बन्धी प्रमाण पुनः झिकाउन आदेश भएको थियो ।
लामिछानेका कानुन व्यवसायीले सुरुदेखि नै जाहेरवालाको जन्ममितिलाई मूल मुद्दाका रूपमा पेस गर्दै बहस गरेका छन् । जाहेरवालाको नागरिकतामा उल्लेख जन्ममिति अनुसार उनी नाबालिग हुन् ।
तर, लामिछानेका कानुन व्यवसायीहरुले विद्यालय सर्टिफिकेट तथा जन्मदर्तामा उल्लेख भएको जन्ममिति अनुसार जाहेरवाला बालिग ठहर्ने बताउँछन् । मुद्दामा यही विषयको टुंगो नलाग्दा पटकपटक सुनुवाइ स्थगित हुँदै आएको छ ।
गत वर्ष भदौ ५ गते पटकपटक बलात्कार गरेको आरोपमा भदौ २१ गते उनीविरुद्ध जाहेरी दर्ता भएको थियो ।
उनी पक्राउ पुर्जी जारी भएको एक महिनापछि असोज २१ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए ।
प्रतिक्रिया