अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रेशम चौधरीविरुद्धको मुद्दामा आज सुनवाइ हुँदै

रेशम चौधरीविरुद्धको मुद्दामा आज सुनवाइ हुँदै


काठमाडौँ-टीकापुर घटनामा दोषी ठहर पूर्व सांसद रेशम चौधरीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदैछ। 

सरकारले गणतन्त्र दिवसमा चौधरीलाई आममाफी दिएपछि शारदा बोहरा कडायतले आइतबार सर्वोच्च अदालतमा दर्ता  गराएको रिट निवेदनमा सुनुवाइ गर्न आजका लागि  पेसी तोकिएको हो। 

शारदा सो घटना परी मारिएका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी हुन् । 

हत्याकाण्डका मुख्य योजनाकारका रूपमा चौधरीविरुद्ध कैलाली जिल्ला, दिपायल उच्च अदालतले गरेको जन्मकैदको फैसलालाई सर्वोच्च अदालतले गत जेठ २ गते मात्रै सदर गरेको थियो । 

तर, गणतन्त्र दिवसका अवसरमा सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिए पछि उनी यही जेठ १५ गते डिल्लीबजार कारागारबाट रिहा हुन पुगेका थिए ।