काठमाडौँ-असारमा हुने साफ च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोली घोषणा भएको छ ।
मंगलबार नेपाली टिमका मुख्य प्रशिक्षक भिन्चेन्सो अल्बर्टो एनेसले ३० सदस्यीय प्रारम्भिक टोली घोषणा गरेका हुन् ।
साफ च्याम्पियनसिपको १४औँसंस्करण असार ६ देखि १८ गतेसम्म भारतको बेङ्गलुरुमा हुँदैछ । प्रतियोगितामा नेपालसहित आयोजक भारत, बंगलादेश, कुवेत, लेबनान, भुटान, पाकिस्तान, माल्दिभ्स गरि आठ टिमले सहभागिता जनाउने छन् ।
च्याम्पियनसिपको समूह ‘ए’ मा नेपालसहित साविक विजेता भारत, कुवेत र पाकिस्तान छन् । समूह ‘बी’मा लेबनान, माल्दिभ्स, भुटान र बंगलादेश छन् ।
नेपालको प्रारम्भिक टोली
गोलकिपर : किरण चेम्जोङ, दीप कार्की, विशाल श्रेष्ठ
रक्षक : विक्रम लामा, रोहित चन्द, अनन्त तामाङ, देवेन्द्र तामाङ,विमल पाण्डे, सनिश श्रेष्ठ, निशान्त खड्का, आशिष गुरुङ, सिमान्त थापा, अन्जल महर्जन
मिडफिल्डर : पुजन उपरकोटी, नविन लामा, एरिक विष्ट, मणिकुमार लामा, सुदीप गुरुङ, लाकेन लिम्बु, आवास लामिछाने, विशाल तामाङ
फरवार्ड : नवयुग श्रेष्ठ, अन्जन विष्ट, विमल घर्तीमगर, जिलेस्पीजंग कार्की, आयुष घलान, दिपकराज सिंह ठकुरी, मनिष डाँगी, आशिष चौधरी, विमल घर्ती मगर, जिलेस्पीजंग कार्की, दिनेश हेन्जन
प्रतिक्रिया