अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

 ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु

 ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु


चितवन–पूर्व–पश्चिम राजमार्गअन्तर्गत राप्ती नगरपालिका–४ मार्तल पुल नजिक गए राति ट्रकले ठक्कर दिँदा साइकलयात्रीको मृत्यु भएको छ । ट्रकको ठक्करबाट राप्ती–४ का ६५ वर्षीय हरि पाण्डेको ज्यान गएको हो । 

लोथरबाट नारायणगढतर्फ आउँदै गरेको बाप्र०३–००१ख १८६३ नंको ट्रकले साइकलयात्री पाण्डेलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

उनको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा गए राति नै मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।