अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रवि लामिछानेविरुद्धको रिटमा आजबाट प्रारम्भिक सुनुवाइ हुँदै

रवि लामिछानेविरुद्धको रिटमा आजबाट प्रारम्भिक सुनुवाइ हुँदै


काठमाडौँ-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको रिटमा आजबाट प्रारम्भिक सुनुवाइ सुरु हुनेछ । सांसद हुन अयोग्य रहेको भन्दै सर्वोच्च अदालतमा परेको रिटको आज पेसी तोकिएको हो । 

कायम नरहेको नागरिकताको प्रतिलिपि प्राप्त गरी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका लामिछानेले नागरिकता पुनः प्राप्तिको प्रक्रिया पूरा नगरेको भन्दै गत बुधबार रिट दर्ता भएको थियो । 

अमेरिकी नागरिकता त्याग गरेको निस्सा पेस नगरी पुरानै नागरिकताको प्रतिलिपि प्राप्त गरेको भन्दै उक्त रिट दर्ता भएको हो । रिट गत वैशाख २५ गते सर्वोच्च अदालतमा लगिएको थियो । वैशाख २८ मा सर्वोच्च प्रशासनले रिटलाई दरपिठ गरेको थियो ।

सर्वोच्च प्रशासनले दरपिठ गरेको रिट युवराज पौडेल ‘सफल’ले यही जेठ २ मा पुनः दर्ता गराएका थिए । उक्त निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीश श्रेष्ठको एकल इजलासले रविविरुद्धको रिट दर्ता गरी अघि बढाउन आदेश दिएको थियो । उक्त आदेशपछि बुधबार रिट दर्ता भएको थियो ।