अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

लक्षित वर्गलाई १० प्रतिशत छुट सुविधा नदिने अस्पताल प्रशासन बन्द गर्छौं : मेयर बालेन 

लक्षित वर्गलाई १० प्रतिशत छुट सुविधा नदिने अस्पताल प्रशासन बन्द गर्छौं : मेयर बालेन 


काठमाडौँ-काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले कानुनअनुसार लक्षित वर्गलाई छुट नदिने अस्पताल प्रशासन बन्द गर्ने चेतावनी दिनुभएको छ । आज सामाजिक सञ्जालमा लेख्दै मेयर बालेनले विपन्न एवं लक्षित वर्गहरुलाई दिनुपर्ने कुल शैयाको १० प्रतिशत छुट्याई निःशुल्क उपचार नगर्ने अस्पताल प्रशासन बन्द गर्ने चेतावनी दिनुभएको हो । 

कानुनअनुसार छुट सुविधा उपलब्ध गराउनतर्फ स्वास्थ्यमन्त्रीको ध्यानाकर्षण गराएको भन्दै मेयर बालेनले छुट सुविधा उपलब्ध गराउन अस्पताल प्रशासनलाई सात दिनको समयसीमा दिनुभएको छ । स्वास्थ्य मन्त्रीले सात दिनभित्र कारबाही नगरे महानगर आफैँले अस्पताल प्रशासन बन्द गर्ने उहाँले चेतावनी दिनुभएको हो ।   

“काठमाडौँ महानगरपालिकाले छुट सुविधा सम्बन्धी विवरण माग गर्दा उपलब्ध नगराउने ६८ स्वास्थ्य संस्थाहरूको संलग्न विवरण अनुसार नियमन र कारबाही गर्न अनुरोध गरेको छौँ,” मेयर साहले लेख्नुभएको छ, “यदि, मन्त्रीज्यूले सात दिनभित्र उहाँहरूलाई कानुनी दायरामा ल्याउनु भएन भने हामी अस्पताल प्रशासन बन्द गर्न बाध्य हुनेछौँ ।”