अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्रीको भारत भ्रमण भन्दा केही घण्टा अघि नागरिकता विधेयक राष्ट्रपतिबाट प्रमाणिकरण

प्रधानमन्त्रीको भारत भ्रमण भन्दा केही घण्टा अघि नागरिकता विधेयक राष्ट्रपतिबाट प्रमाणिकरण


काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणको केही घण्टा अघि राष्ट्रपति रामचन्द्र पौडेलले बहुचर्चित नागरिकता विधेयक प्रमाणिकरण गर्नुभएको छ ।
प्रधानमन्त्रीको निरन्तरको आग्रहपछि राष्ट्रपति पौडेलले बुधबार बिहान नागरिकता विधेयक प्रमाणीकरण गर्नुभएको हो।

यसअघिका राष्ट्रपति विद्यादेवी भण्डारीले यो विधेयक राष्ट्रहितमा नभएको भन्दै संसद्‌बाट दुई दुईपटक पारित गरेर पठाउँदा पनि प्रमाणीकरण गर्नुभएको थिएन ।

सरकारले सो नागरिकता विधेयक प्रमाणीकरणका लागि यही जेठ १२ गते राष्ट्रपति पौडेललाई आग्रह गर्ने निर्णय गरेको थियो।
यसअघि २०७९ साउन २९ गते संघीय संसद्का दुवै सदनबाट पारित विधेयक राष्ट्रपति भण्डारीले फिर्ता पठाउनुभएको थियो। त्यसपछि फेरि भदौ २० गते संसद्‌का दुवै सदनबाट पारित गरी प्रमाणीकरणका लागि पठाएको विधेयक राष्ट्रहित अनुकुल नभएको भन्दै भण्डारीले असोज ५ गतेसम्म रोकेर राख्नु भएको थियो ।

संसदले यो विधेयकमा पुनविर्चार गरोस भन्ने चाहनाले भण्डारीले विधेयक प्रमाणिकरण नगर्नु भएको स्रोतहरुले जनाएका छन् ।