अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कोशी प्रदेश सरकारलाई दिएको समर्थन जसपाले फिर्ता गर्ने तयारी

कोशी प्रदेश सरकारलाई दिएको समर्थन जसपाले फिर्ता गर्ने तयारी


विराटनगर- जनता समाजवादी पार्टीले नेकपा एमाले नेतृत्वको कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ ।

सुनसरीमा आज बसेको जसपाको कोशी प्रदेश समितिको बैठकले प्रदेश सरकारबाट मन्त्री फिर्ता बोलाउने निर्णय गरेको हो ।

एमाले नेतृत्वको कोशी प्रदेश सरकारमा जसपाकी निर्मला लिम्बू स्वास्थ्य मन्त्री हुनुहुन्छ ।
जसपाले सरकारलाई दिएको समर्थन फिर्ता लिए हिक्मत कार्की नेतृत्वको सरकार संकटमा पर्ने देखिन्छ ।
तथापी जसपाले हालसम्म सरकारलाई दिएको समर्थन फिर्ता लिएको कुनै जानकारी नगराएको प्रदेश सरकारका एक मन्त्रीले जानकारी दिए । उनका अनुसार मुख्यमन्त्री कार्की अहिले पनि जसपाका केन्द्रीय नेताहरुसँग संवाद मै हुनुहुन्छ ।

९३ सदस्य भएको कोशी प्रदेश सभामा एमालेका ४०, कांग्रेसका २९, माओवादीका १३, राप्रपाका ६, नेकपा एकीकृत समाजवादीका ४ र जसपाको १ सांसद छन् । एमाले,माओावादी, राप्रपा र जसपाका गरी ६० जना साँसदले मुख्यमन्त्री हिक्मत कार्कीलाई समर्थन सहित विस्वासको मत दिएका थिए । जसपाले फिर्ता लिए पनि माओवादी र राप्रपाले हालसम्म सरकारलाई दिएको समर्थन फिर्ता लिने नलिने विषमा मौन बसेका छन् । तर केन्द्रमा भएको समिकरण अनुसार सरकारलाई दिएको समर्थन फिर्ता गर्न माओवादीलाई काँग्रेसले पत्र नै पठाएको छ ।
माओवादी स्रोतका अनुसार कोशी प्रदेश नामाकरणका पक्षमा मतदान गरेको माओवादी नामाकरणका विषयमा उत्पन्न भएको विवादको भुंग्रोमा पर्नबाट जोगिन सरकारलाई दिएको समर्थन यथावत राखेको छ । आजबाट कार्की सरकारले कोशी नाममा असहमत हुनेसँग वार्ताको प्रारम्भ गरेकोले त्यसले निकास पाउने दिनसम्म कुर्ने संसदीय दलका नेता इन्द्र आङ्बोको नीति हुन सक्ने बताइन्छ । यो वार्तालाई निष्कर्षमा पुर्याउन सबैतिरबाट कार्की सरकारलाई भरथेग गर्ने माओवादीको नीति रहेको जानकारहरु बताउछन् । कार्की सरकारले आन्दोलनरत पक्षका माग सम्बोधन गरेर स्थिती सहज बनाएको भोलीपल्टै माओवादीले समर्थन फिर्ता लिएर आङबो आफैं मुख्यमन्त्रीको दौडमा सामेल हुने उहाँ निकट एक साँसद बताउछन् ।