अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

देश बनाउने भन्दा बिगार्न र भड्काउने तत्त्व सक्रिय छन्: अध्यक्ष ओली

देश बनाउने भन्दा बिगार्न र भड्काउने तत्त्व सक्रिय छन्: अध्यक्ष ओली


 काठमाडौँ-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाल देश बनाउनेभन्दा बिगार्न प्रेरित गर्ने तत्त्वहरू बढी सशक्त रहेको बताउनु भएको छ।

बुधबार पार्टी कार्यालय च्यासलमा राष्ट्रिय जनसांस्कृति महासंघद्वारा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले देश बिगार्ने, समाज भड्काउने र युवाहरुलाई टुनामुना गरेर भेद्ने तत्त्वहरू धेरै सशक्त रहेकाले सचेत हुनुपर्ने बताउनु भएको हो। 

‘हाम्रोमा देश बनाउने भन्दा बिगार्न प्रेरित गर्ने तत्त्वहरू धेरै सशक्त छन्। भड्काउने तत्त्वहरू सशक्त छन्, उनीहरुले युथहरुलाई टुनामुना गरेर भेदिरहेका छन्। भेदेर मानसिक बिमारी बनाइरहेका छन्। त्यो भेद हामीले निकाल्नुपर्छ।’ 

उहाँले एमालेले कलाकार र युवा शक्तिलाई दुरुपयोग गर्ने नभई सुन्दर देश बनाउने काममा परिचालन गर्ने बताउनु भयो।