अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रपति पौडेलबारे मनिषा कोइरालाको टिप्पणी: लेन्डुप दोर्जेको याद आयो !

राष्ट्रपति पौडेलबारे मनिषा कोइरालाको टिप्पणी: लेन्डुप दोर्जेको याद आयो !


काठमाडौं-प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमणकै दिन विवादित नागरिकता विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि सामाजिक सञ्जालमा चर्को आलोचना सुरू भएको छ। भारतलाई रिझाउनका लागि सरकारले दलाली चरित्र देखाएको धेरैले टिप्पणी गरेका छन्।

मृत अवस्थामा रहेको बिवादास्पद नागरिकता विधेयक ब्यूँताएर प्रमाणिकरण गर्नुभएपछि राष्ट्रपति रामचन्द्र पौडेलको चर्को आलोचना सुरू भएको छ।

अभिनेत्री मनिषा कोइरालाले अघिल्लो संसद्को कार्यकालयमा प्रमाणीकरण नभएर थन्किएको नागरिकता विधेयक राष्ट्रपति रामचन्द्र पौडेलले पारित गरेपछि लेन्डुप दोर्जेलाई सम्झिएको बताउनु भएको छ।

राष्ट्रपति पौडेलले बुधवार नागरिकता विधेयक प्रमाणीकरण गर्नुभएपछि बलिउड अभिनेत्री मनिषाले आक्रोशित हुनु भएको हो।

कडा राजनीतिक टिप्पणी दिने क्रममा उहाँले नागरिकता विधेयकका नाममा नेपालमा पनि सिक्किमी राजा लेन्डुप दोर्जेहरु जस्तै देखिन थालेको बताउनु भयो। 

रामचन्द्र पौडेललाई राष्ट्रपति पदसम्म पुर्‍याएर सिक्किमलाई भारतमा विलय गराउने भूमिका खेलेका लेन्डुपकै रुपमा उतार्न थालिएको आशय उनले व्यक्त गरेकी छन्। 

‘याद आयोग लेन्डुप दोर्जेको…नागरिकता विधेयक प्रमाणीकरण गरेका राष्ट्रपति पौडेलतिर लक्षित गर्दै उहाँले भन्नुभएको छ, ‘सोच्न कुनै गाह्रो छैन, किन यो कुर्सी दिइयो भनेर।’

उहाँले नागरिकता विधेयकविरुद्ध आक्रोशयुक्त विचार प्रकट गरिरहनु भएको छ। विभिन्न समाचार सामाग्री ट्वीटरमा सेयर गर्दै उहाँले राष्ट्रपतिको कदम राष्ट्रघाती भएको सन्देश दिइरहेको बताउनु भयो ।

लेन्डुप दोर्जे सिक्किमका बासिन्दा हुनुहुन्थ्यो। उहाँकै अगुवाइमा सिक्किम भारतमा विलय भएको थियो। सिक्किमलाई भारतमा विलय गराएका उहाँको पार्टीलाई पछि भारतले नै हराएर राजनीतिबाट किनारा लगाइदिएको थियो।