अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रपतिको कदम विरुद्ध एमालेका जनवर्गीय संगठनहरु सडकमा

राष्ट्रपतिको कदम विरुद्ध एमालेका जनवर्गीय संगठनहरु सडकमा


काठमाडौँ – राष्ट्रपतिको गैह्र संवैधानिक कदमकाबिरूद्ध एमालेका जनवर्गिय संगठन सडकमा ओर्लिएका छन । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ र अनेरास्ववियुले नागरिकता विधेयक विरुद्ध राँके जुलुस निकालेको छ ।

बुधवार साँझ अनेरास्ववियु निकट विद्यार्थीहरुले काठमाडौंको त्रि–चन्द्र क्यामपसमा राकेजुलुश निकालेका हुन् । नागरिकता विधेयक राष्ट्रघाति रहेको भन्दै उनीहरुले तत्काल फिर्ता लिन चेतावनी दिएका छन् । कार्यक्रममा अनेरास्ववियुका अध्यक्ष समिक बडालले प्रधानमन्त्रीले भारत भ्रमण जाँदा कोसेली स्वरुप नागरिकता विधेयक पारीत गरेर लिएर गएको भन्दै आक्रोस पोखे ।
यसैगरी देशका विभिन्न भागमा पनि युवा संघ र अनेरास्ववियुले राष्ट्रपतिको कदम विरुद्ध नारा जुलुस गरेका छन् ।