ताप्लेजुङ । चार विदेशीसहित १४ जनाले आज बिहान कञ्चनजंघाको सफल आरोहण गरेका छन् । काठमाडौँस्थित डिलाईट एक्सपीडिसन प्रालिका निर्देशक मिड्मा डेभिड शेर्पाका अनुसार एक अमेरिकन, एक फ्रान्सेली र दुई ताइवानी तथा १० नेपाली नागरिकले कञ्चनजंघाको सफल आरोहण गरेका हुन् ।
आरोहण गर्ने विदेशी नागरिकमा दुई पुरुष र दुई महिला रहेका छन् । नेपाली भने सबै पुरुष आरोही रहेको जनाइएको छ । यसअघि यो वर्ष विदेशी र नेपाली गरी तीन जनाले कञ्चनजंघाको सफल आरोहण गरेका थिए ।
प्रतिक्रिया