काठमाडौं-विदेशबाट नेपाल आउन अब कोरोनाविरुद्धको खोप लगाएको प्रमाण नचाहिने भएको छ।
सरकारले शुक्रबार सचिवस्तरीय निर्णय गर्दै खोपको प्रमाण नचाहिने र कोरोनाकै लागि मास्क अनिवार्य नगर्ने व्यवस्था गरेको हो।
अन्तर्राष्ट्रिय स्तरमा नै कोरोनाका कारण आपतकालीन अवस्था नरहेको र अधिकांश जनसंख्याले पूर्ण खोप लगाइसकेकाले एआईपी प्रोटोकल परिवर्तन गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
प्रतिक्रिया