अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

राष्ट्रियसभाको बैठक पनि २९ मिनेटका लागि स्थगित

राष्ट्रियसभाको बैठक पनि २९ मिनेटका लागि स्थगित


काठमाडौं-प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको अवरोधपछि राष्ट्रियसभाको बैठक पनि स्थगित भएको छ।

राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिनाले बैठक २९ मिनेटका लागि स्थगित भएको जानकारी गराउनु भयो।

राष्ट्रपतिबाट संसद् छलेर असंवैधानिक रूपमा विवादास्पद नागरिकता विधेयक प्रमाणीकरण गरेको तथा प्रधानमन्त्रीले विदेशी भूमिमा गएर देशको भूभाग साटफेर गर्ने भनी दिएको अभिव्यक्ति राष्ट्रघाती रहेको भन्दै एमालेले सदन अवरोध गरेको हो।

एमालेसहित प्रतिपक्ष दलको अवरोधको कारणले प्रतिनिधि सभाको बैठक एक घण्टाका लागि स्थगित भइसकेको छ।