काठमाडौँ-आज सुनचाँदीको मूल्य स्थिर कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज हिजोकै मूल्यमा सुनचाँदीको कारोबार भएको जनाएको हो ।
यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख ११ हजार ६०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख १० हजार ५० रुपैयाँ कायम छ । हिजो आइतबार पनि यही मूल्यमा सुनको कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य समेत स्थिर कायम छ । हिजो आइतबार चाँदीको मूल्य तोलामा १४ सय १५ रुपैयाँ कायम थियो ।







प्रतिक्रिया