काठमाडौं-सभामुख देवराज घिमिरेले भारत भ्रमण पूरा गरी स्वदेश फर्किंदा प्रधानमन्त्री ‘भैंसी चढेर आउनु भयो’ भन्ने शब्द रेकर्डबाट हटाउन संघीय संसद सचिवालयलाई निर्देशन दिनु भएको छ।
सोमबार बसेको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सम्बोधनका क्रममा बोलिएको ‘भैंसी चढेर’ शब्द तथा अन्य सांसदहरुले बोलेको ‘प्रधानमन्त्री भैंसी चढेर आउनुभयो’ भन्ने शब्द हटाउन सचिवालयलाई निर्देशन दिनु भएको हो ।
प्रतिक्रिया