अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नागरिकता विधेयकको दोष प्रधानमन्त्रीले लिनुपर्छ: रवि लामिछाने

नागरिकता विधेयकको दोष प्रधानमन्त्रीले लिनुपर्छ: रवि लामिछाने


काठमाडौं-राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मन्त्रिपरिषद्को सिफारिसमा नागरिकता विधेयक राष्ट्रपतिबाट  प्रमाणीकरण गर्न लगाएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद्‍को अधिकार खोसेको बताउनु भएको छ।

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै लामिछानेले विधेयकको विरोध गरिरहेका पार्टीहरूले नागरिकता पाउनु हुँदैन भन्ने कुराको वकालत गरिरहेका भन्ने भाष्य सरकारले बनाएको भन्दै यसको दोष प्रधानमन्त्री लिनुपर्ने बताउनु भएको हो।

सभापति लामिछाने भन्नुभयो, ‘संसदको अधिकार छलेर विधेयक प्रमाणीकरण गराउनुभयो। प्रधानमन्त्रीले मन्त्रिपरिषद्मा निर्णय गराएर राष्ट्रपतिमार्फत विधेयक पास गराउँदा संसदको अधिकार मात्रै छिनिएको छैन। यो संसदमा आएको भए महिलामाथि भएको विभेदबारे यो संसदले कुरा उठाउँथ्यो । हामी विभेदबारे बोल्न चाहन्थ्यौँ। महिलामाथि विभेद भएकोबारे आवाज उठ्थ्यो। तर यो विधेयकको विरोध गरिरहेका पार्टीहरूले नागरिकता पाउनु हुँदैन भन्ने कुराको वकालत गरिरहेका छन् भन्ने भाष्य स्थापित भएको छ। यो दोष प्रधानमन्त्रीले लिनुपर्छ।’

उहाँले प्रधानमन्त्रीका कारण यो प्रकरण अदालत पुगेर संसद्को अधिकार हनन भएको पनि बताउनु भयो । उहाँले भन्नुभयो, ‘त्यहीकारण अब यसको दोषी प्रधानमन्त्री नै हो।’