अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्रीलाई एमाले सांसदको प्रश्न: भारतकै इशारामा दस वर्षे युद्ध भएको त थिएन ?

प्रधानमन्त्रीलाई एमाले सांसदको प्रश्न: भारतकै इशारामा दस वर्षे युद्ध भएको त थिएन ?


नेकपा एमाले सांसद सूर्यप्रसाद ढकालले माओवादीले गरेको १० वर्षे सशस्त्र द्वन्द्वबारे गम्भीर आशंका व्यक्त गर्नुभएको छ।

सोमबार आफ्नो भारत भ्रमणबारे जानकारी गराउन संसदमा उपस्थित भएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई एमाले सांसद ढकालले दस वर्षे सशस्त्र द्वन्द्वबारे प्रश्न गर्नु भएको हो।

उहाँले २८ वर्षअघि ४० बुँदे माग राखेर तत्कालीन माओवादीले सुरू गरेको हिंसात्मक युद्ध भारतकै इशारामा भएको हो भनी प्रश्न गर्नुभयो।

तत्कालीन माओवादीले राखेका ४० बुँदामध्य ९ बुँदा मागहरू भारतसँग रहेको स्मरण गराउँदै उहाँले ती मागहरू अहिलको भारत भ्रमणमा नराख्नुको कारण प्रश्न गर्नुभयो ।

‘प्रधानमन्त्री भारत भ्रमणमा जाँदा ती आफैले आजभन्दा २८ वर्ष अगाडि राखेका बुँदाहरूका बारेमा किन छलफल गर्न सक्नुभएन, किन मुद्दा उठाउनु भएन?,’ उहाँले भन्नुभयो, ‘यसले के प्रमाणीत गर्छ भने कतै भारतकै इशारामा दस वर्षे युद्ध भएको त थिएन ?’