अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

क्रसबोर्डर डिजिटल पेमेन्टबारे सुनिता बरालको प्रश्न: नेपाली बैंकमा अलपत्र करोडौँ भारतीय रुपैयाँ के हुन्छ ?

क्रसबोर्डर डिजिटल पेमेन्टबारे सुनिता बरालको प्रश्न: नेपाली बैंकमा अलपत्र करोडौँ भारतीय रुपैयाँ के हुन्छ ?


काठमाडौं-नेकपा एमाले सांसद सुनिता बरालले नेपाली बैंकमा अलपत्र अवस्थामा रहेको भारतीय रुपैयाँको विषयमा चासो राख्नुभएको छ।

सोमबार प्रतिनिधिसभाको बैठकमा उहाँले नेपाल-भारत क्रसबोर्डर डिजिटल पेमेन्टको विषय उठाउँदै सो विषयमा प्रश्न राख्नुभएको हो।

संयुक्त राष्ट्रसंघले नै भूपरिवेष्टित मुलुकले पाउने अधिकारका विषयमा प्रस्ट पारेको भन्दै सांसद बरालले प्रधानमन्त्रीलाई सोसम्बन्धी ‘कन्भिन्सन अफ द ल अफ सी’ अध्ययन गर्न सुझाव दिनुभयो।

‘अग्निपथ योजनाबारे तपाईंले के-के विषय उठाउनुभयो ? क्रसबोर्डर ट्रान्सफरको कुरा भइरहेको छ। नेपाली बैंकमा अलपत्र रहेको करोडौँ भारतीय रुपैयाँबारे के-कस्ता सहमति भए ? नेपाली भूमिका विषयमा संयुक्त राष्ट्रसंघको कन्भिन्सन अफ द ल अफ सीले भूपरिवेष्टित मुलुकले पाउने अधिकारका विषयमा प्रस्ट बोलेको छ। त्यो अध्ययन गरेर जानुभएको भए राम्रो हुन्थ्यो। कुन विज्ञले तपाईंलाई त्यति ठूलो प्राधिकार दिएर पठायो जान्न चाहन्छु,’ उहाँले भन्नुभयो।

सांसद बरालले प्रधानमन्त्रीको भ्रमणमा न्यूनतम कूटनीतिक मर्यादासमेत पालना नगरेको भन्दै आपत्ति जनाउनु भयो।