अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेमा बागमतीको इन्चार्ज तोकिन बाँकी, जिल्ला इन्चार्ज को-को ?

एमालेमा बागमतीको इन्चार्ज तोकिन बाँकी, जिल्ला इन्चार्ज को-को ?


काठमाडौं-नेकपा एमालेले बागमती प्रदेशका सबै जिल्लामा नयाँ इञ्चार्ज पठाएको छ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा आइतबार बसेको बैठकले सबै जिल्ला ईञ्चार्ज फेरेको हो।

नेकपा एमालेका पोलिटब्यूरो सदस्य आनन्द पोखरेललाई काठमाडौं इञ्चार्ज बनाएको छ। त्यसैगरी एमालेका पोलिटब्यूरो सदस्य गोकुल बास्कोटालाई सिन्धुपाल्चोक इञ्चार्ज बनाएको हो।

एमाले मुख्यालय स्रोतका अनुसार चितवनमा पार्वत गुरुङ, मकवानपुरमा देवी ज्ञवाली, धादिङमा धर्मदत्त देवकोटा रसुवामा सोम मिश्र, नुवाकोटमा अरुण नेपालाई इञ्चार्ज बनाएर पठाइएको छ।

बैठकले काभ्रेपाल्चोकमा कृष्ण राई, भक्तपुरमा कैलाश ढुंगेल, ललितपुरमा शेरबहादुर तामाङ , रामेछापमा गणेश पहाडीलाई जिल्ला ईञ्चार्ज तोकेको छ।