अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रचण्डलाई अध्यक्ष ओलीले भन्नुभयो: छोरीलाई फर्स्ट लेडी माने नातिनी सेकेन्ड लेडी ?

प्रचण्डलाई अध्यक्ष ओलीले भन्नुभयो: छोरीलाई फर्स्ट लेडी माने नातिनी सेकेन्ड लेडी ?


काठमाडौं-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणका क्रममा अनेकन कूटनीतिक कमजोरी छताछुल्ल भएको बताउनु भएको छ।

सोमबर प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्ने क्रममा उहाँले भारत भ्रमणका क्रममा पिएका रुपमा रहेकी छोरीलाई प्रचण्डले फर्स्ट लेडीका रुपमा प्रस्तुत गरेको भन्दै आलोचना गर्नुभयो ।

‘प्रधानमन्त्रीको भारत भ्रमणमा पिए छोरी छेउमा देखिन्छिन्। तर परराष्ट्र मन्त्री छैन, परराष्ट्र सचिव छैनन्’, उहाँले भन्नुभयो, ‘फर्स्ट लेडी भनेको श्रीमती हुन्छन्, छोरा वा छोरी हुँदैनन्। फर्स्ट लेडी भनेर परिवारका सदस्यलाई भनिँदैन।’

अध्यक्ष ओलीले यदि भ्रमणमा छोरा लाने हो भने फर्स्ट जेन्टलम्यान भन्ने अवस्था आउने पनि बताउनु भयो । उहाँले भन्नभयो, ‘छोरालाई लाने हो भने फर्स्ट जेन्टलम्यान भन्ने त ? नातिनी लिएर जाँदा सेकेन्ड लेडी भन्ने त । वार्तामा परराष्ट्र मन्त्री हुनुपर्छ, मन्त्रीहरु हुनुपर्छ। शिष्टाचार महापाल हुनुपर्छ।’

प्रधानमन्त्रीको भ्रमणमा अफिसियल मेमेरीका लागि टिपोट समेत नगरिएको भन्दै ‌ओलीले आलोचना गर्नुभयो। उहाँले भ्रमणबारे पनि प्रश्न उठाउनु भयो ।

‘यो भ्रमण फ्यामिली कि लागि हो कि धार्मिक हो कि पर्यटकीय हो कि के हो?’, उहाँले भन्नुभयो, ‘यस्तो खालको कमजोर कूटनीतिक उपस्थिति यसअघि देखिएको थिएन।’