काठमाडौं-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको उपलब्धी भनेको १५ वटा राँगा ल्याउनु मात्र भएको बताउनु भएको छ।
सोमबार प्रतिनिधिसभामा समय लिएर बोल्दै प्रमुख प्रतिपक्षी दलका नेता ओलीले १५ वटा राँगा ल्याउनु बाहेक अरु कुनै उपलब्धी हासिल नभएको दाबी गर्नुभयो।
‘प्रधानमन्त्रीले साँच्चै ल्याएको चाहिँ १५ वटा राँगा हो’, उहाँले भन्नुभयो, ‘चढेर ल्याए पनि, हिँडाएर ल्याए पनि, डोर्याएर ल्याए पनि त्यही राँगा हो।’
प्रधानमन्त्रीले भारतीय भूमिमा भूमि सट्टापट्टाको विषय उठाउनु गलत भएको ओलीले बताउनु भयो। मोतीहारी अमलेखगञ्ज पाइपलाइन पहिले नै बनेकाले त्यसलाई चितवनसम्म विस्तार गर्नु ठूलो कुरा नभएको पनि उहाँले बताउनु भयो। उहाँले भन्नुभयो, ‘अमलेखगञ्जको पेट्रोलियपम पाइपलाइन पुरानै परियोजना हो। कति-कति मिटर गर्दै गरेपछि शिलान्यास गर्नु हुन्छ ? यी सबै पहिले नै भएका सहमति हुन्। अहिले प्रधानमन्त्रीले ल्याएको भनेको त्यही राँगा हो।’
प्रतिक्रिया