काठमाडौं-नेकपा एमालेका अध्यक्ष केपी शर्माले कांग्रेसलाई सत्ता भए पुग्ने बताउनुभयो। प्रतिनिधि सभाको बैठकमा बोल्दै कांग्रेसको के नीति भन्ने नै नभएको बताउनुभयो।
उहाँले भन्नुभयो, ‘फागुन १ गते दिवस मनाउने? यो राष्ट्रिय दिवस हो ? हामी शान्ति प्रक्रियामा पो सहभागी भएका हौं त। पुराना कुरा छाडेर त्यस्ता गतिविधिलाई हाइहाइ गर्न होइन । त्यस्तो कुरालाई जयजयकार गर्न होइन । कांग्रेसले के गर्छ थाहा छैन । चुपचाप लागेको देखियो ।’
फागुन १ गते जनयुद्ध दिवसलाई राष्ट्रिय दिवसको रुपमा मनाउन नसक्ने बताउनु भयो।
प्रतिक्रिया