अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बालबालिकालाई श्रम गराए कारबाही गर्ने महानगरको चेतावनी

बालबालिकालाई श्रम गराए कारबाही गर्ने महानगरको चेतावनी


काठमाडौँ-काठमाडौँ महानगरपालिकाले बालबालिकालाई श्रम नगराउन आग्रह गरेको छ । कानुनले १४ वर्ष मुनिका बालबालिकालाई कुनै पनि प्रकारको बालश्रममा लगाउन नपाइने जनाएको छ ।

१८ वर्ष मुनिका बालबालिकालाई जोखिमपूर्ण श्रममा लगाउन प्रतिबन्ध गरेकाले कानुनको पालना गर्न महानगरले आग्रह गरेको हो । 

कानुनको उल्लङ्घन गर्दै बालबालिकालाई श्रममा राखेको भएमा सोको जानकारी १५ दिनभित्र महानगरपालिका अन्तर्गतको सामाजिक विकास विभागलाई गराउन महानगरले भनेको छ ।  

कानुन विपरीत रहने गरी कसैले होटेल, ग्यारेज, सवारीसाधन कारखाना आदिमा बालश्रम गराएको पाइएमा महानगरले कानुन बमोजिम कारबाहीको प्रक्रिया अघि बढाइनेसमेत जनाएको छ ।