अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

करका दर हेरफेरबारे अर्थमन्त्रीले जवाफ दिनुपर्छ: पदम गिरी

करका दर हेरफेरबारे अर्थमन्त्रीले जवाफ दिनुपर्छ: पदम गिरी


काठमाडौँ-प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले करका दरमा भएको हेरफेर र बजेट बनाउन अनाधिकृत व्यक्तिको प्रवेशबारे बाहिर आएका विषयमा अर्थमन्त्रीले सदनमा प्रस्ट पार्नुपर्ने बताएको छ। 

प्रतिनिधिसभा बैठकमा बोल्दै एमाले संसदीय दलका प्रमुख सचेतक पदम गिरीले अर्थमन्त्रीको चित्तबुझ्दो जवाफ नआए संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गर्नु भयो ।

करका दर हेरफेरमा अनधिकृत व्यक्तिको संलग्नताबारे अर्थमन्त्रीले रोष्ट्रममा उभिएर चित्तबुझ्दो जवाफ दिनु पर्ने बताउनु भयो । उहाँले भन्नुभयो, ‘गत वर्षपनि बिचौलिया राखेर करका दर हेरफेर भयो भनेर सार्वजनिक भयो । त्यसको छानबिन हुनुपर्छ भन्दा सिसिटीभीका तार काट्ने र अर्वौ रुपैयाँ राज्यलाई घाटा गराउने काम भयो । यसपटक पनि बिचौलिया राखेर करका दर परिवर्तन भएको भनिएको छ। मन्त्रीका नीतिगत भ्रष्टाचारका यर्थाथ के हो ? अर्थमन्त्रीले चित्तबुझ्दो जवाफ दिनुपर्‍यो होइन हामीलाई त्यसले चित्त बुझ्न सकेन भने संसदीय छानबिन समिति बनाएर पनि गर्नुपर्छ ।’