काठमाडौं-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले धान, गहुँ, मकै उत्पादन बढाउन छाडेर बहकिन थालेको बताउनु भएको छ ।
मंगलबार प्रतिनिधिसभाको बैठकमा आगामी आर्थिक वर्षको आर्थिक विधेयकबारेको छलफलमा आफ्ना भनाइ राख्ने क्रममा उहाँले यस्तो बताउनु भएको हो
अध्यक्ष ओलीले अहिले अन्नमा आत्मनिर्भर हुने योजना चाहिने बताउनु भयो । उहाँले भन्नुभयो, ‘धान, गहुँ र मकै बढाउने कुरामा चासो छैन तर गाँजामा चासो छ। सरकारले लाइसेन्स बाँडेपछि नभएको गाँजा खेती उखेलिन्छ। अहिले मानिस दृष्टिगोचर भएका छैनन् तर कोही त छ गाँजा खेतीको पछि लाग्ने । कसले गर्न खोजिरहेको छ यो गाँजा खेती ? गाँजा खेती कसले गर्न खोज्दैछ किन गर्न खोजेको हो ? जनताले गाँजा खेती गरेका छैनन्, कहीँ कहीँ भएको पनि होला।’
उहाँले प्राकृतिक रुपमा उब्जिएको गाँजाले जीविका चलाउँदा मान्छे जेल जाने गरेको सुनाउनु भयो। गाँजा खेती र व्यापार गर्नेहरु कोही पनि अहिले नदेखिएको बताउँदै पहिले अन्नमा आत्मनिर्भर हुनुपर्नेमा जोड दिनुभयो ।
प्रतिक्रिया