काठमाडौँ-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अर्थमन्त्रीले भनेजस्तो ६ प्रतिशतको आर्थिक वृद्धिदर सम्भव नभएको बताउनु भएको छ।
मंगलबार प्रतिनिधिसभाको बैठकमा आगामी आर्थिकमाथिको छलफलमा भाग लिँदै उहाँले यस्तो बताउनु भएको हो।
अध्यक्ष ओलीले धेरै कुरामा सुधार गर्न जरुरी रहेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘अर्थमन्त्रीज्यू तपाईंले भनेजस्तो ६ प्रतिशत आर्थिक वृद्धि दर हासिल हुनेवाला छैन । बिल्कुल हुने वाला छैन।’
आर्थिक वृद्धिदर भवितव्यमा भइहाल्ने कुरा नभएको पनि अध्यक्ष ओलीले बताउनु भयो । उहाँले बजेट प्रस्तुति नै अशुद्ध हुने र बिचौलिया पस्ने अवस्था रहेको भन्दै यस्ता कुराहरू नियन्त्रण गर्नुपर्ने बताउनु भयो । उहाँले को-को बसेर बजेट बनाउन पाइने र नपाइने भनेर आफ्नै नेतृत्वको सरकारले गरेको भन्दै ओलीले तर पछि निषेध गरिएका मान्छेहरू प्रवेश गरेको सुन्दा दुख लागेको बताउनु भयो ।
‘अर्थमन्त्रीको विरोध गरेको होइन,अर्थतन्त्रको बेहाल भइरहेको छ त्यसप्रति आशु बगाएको हो, जनताको दुखप्रति सजग गराएको हो’, ओलीले भन्नुभयो, ‘एउटा मान्छे छ नियुक्ति गरिएको छ । कसले किन गर्यो ?’
राष्ट्रपतिले १० जना मान्छे नियुक्त गरे पनि उनीहरू घाम तापेर बस्ने गरेको यता अर्थ मन्त्रालयमा टाइप गर्ने मान्छे अभाव भइरहेको ओलीको भनाइ छ।
प्रतिक्रिया