अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

एमालेको रिटर्नी फेडेरेसनले सरकारसँग राख्यो १९ वटा माग

एमालेको रिटर्नी फेडेरेसनले सरकारसँग राख्यो १९ वटा माग


काठमाडौं – नेकपा एमालेको जनसंगठन रिटर्नी फेडेरेसन नेपालले बैदेशिक रोजगारीका समस्या समाधान गर्न सरकारलाई आग्रह गरेको छ । फेडेरेनसले १९ बुँदे माग अघि आज पत्रकार सम्मेलन गरेको छ ।
रोजगारीमा विदेश जानुपूर्व सरकारले अनिवार्य तालिमको व्यवस्था गरी कम्तीमा लेभल ‘ए’ सम्मको प्रमाण पत्रपछि मात्र श्रम अनुमति प्रदान गर्ने व्यवस्था गर्न माग गरिएको छ ।

श्रम स्वीकृतिको बाध्यकारी प्रावधानमध्ये बीमा पनि एक भएकाले बीमा कम्पनीले श्रमिकबाट बीमाको नाम संकलन गर्ने रकममध्ये निश्चित प्रतिशत श्रमिकको कल्याणकारी क्षेत्रमा खर्च गर्नुपर्ने अनिवार्य व्यवस्था लागू गर्न पनि माग गरिएको संगठनका अध्यक्ष उत्तम अधिकारी बताए । विदेशमा सिकेको सीप, पूँजी, जाँगर र प्रविधिको माध्यमबाट राष्ट्रिय पूँजी निर्माणमा रिटर्नीले अगाडि बढाएका रिटर्नी संजाल निर्माण, उद्यमी प्रवर्द्धन योजनालगायतका क्षेत्रमा राज्यको साझेदारीको ग्यारेण्टी गर्न पनि ध्यानाकर्षण गरिएको छ । फेडेरेसनले जारी गरेको विज्ञप्ती यस प्रकार छ ।