अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सुनकोसीमा भेटिएका दुवै शवको पहिचान

सुनकोसीमा भेटिएका दुवै शवको पहिचान


काठमाडौँ-सुनकोसी नदीमा गाडीमा भेटिएका दुई शवको पहिचान भएको छ । 

हिजो साँझ गाडीभित्र भेटिएका दुईजनाको शवको पहिचान हुन सकेको थिएन । परिवारको सहयोगमा उनीहरूको पहिचान गरिएको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार सीटीईभीटीको प्रशासन शाखाका निर्देशक एवं सहसचिव तनहुँको भानु नगरपालिका–९ का कृष्णबहादुर केसी र सीटीईभीटीमै विद्युत् प्रशिक्षकका रूपमा कार्यरत इलामका भानु पौडेलको शव भेटिएको हो । 

पोस्टमार्टमका लागि दुवै शव काठमाडौँ ल्याइएको छ । 

गत शुक्रबार भक्तपुरको सानोठिमीस्थित सीटीईभीटीबाट खोटाङ जाने क्रममा बीएबी ७४६७ नम्बरको स्कोर्पियो जिप दुर्घटनामा परेको थियो । 

सीटीईभीटीकै योजना महाशाखाका निर्देशक पूर्वी नवलपरासीका यमप्रसाद भुर्तेलको अवस्था अज्ञात छ ।