अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्र निर्माणको मानक केपी ओलीबाहेक अरु कोही हुन सक्दैनन्गो: गोकुल बास्कोटा

राष्ट्र निर्माणको मानक केपी ओलीबाहेक अरु कोही हुन सक्दैनन्गो: गोकुल बास्कोटा


काठमाडौं-नेकपा एमालेका सांसद गोकुल बास्कोटाले विकासको मानक केपी शर्मा ओली बाहेक अरु कुनै प्रधानमन्त्री हुन नसकेको दाबी गर्नुभएको छ।

बुधबार बसेको प्रतिनिधि सभा बैठकमा बजेटमाथिको छलफलमा बोल्दै सांसद् बास्कोटाले विषयवस्तुमा बोल्नुभन्दा सत्ता पक्षका सांसद्ले प्रतिपक्षी नेता केपी शर्मा ओलीको आलोचना गरेको भन्दै कडा आपत्ति जनाउनुभयो।

देशमा विकास, स्वाधिनता र राष्ट्रिय पुर्ननिर्माणकाे कस्ताे हुन्छ भन्ने कुराकाे मानक बसाल्ने प्रधानमन्त्री केपी ओली मात्रै भएकाे सांसद् बास्काेटाले प्रष्ट पार्नुभयाे। उहाँले भन्नुभयो, ‘हेक्का होस् विकास कस्तो हुन्छ ? स्वाधीनता कस्तो हुन्छ ? राष्ट्रिय पुननिर्माणको अभियान कस्तो हुन्छ ? भन्ने कुराको मानक केपी ओलीबाहेक अरु कुनै प्रधानमन्त्री भएनन्, होइनन्त्य, त्यही सरकारले अगाडि सारेका कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, विदेश सम्बन्धका सम्पूर्ण कुरालाई बजेटमा समेटेर आउनुस् र त्यसलाई समृद्ध बनाउनुस् न हामी दुई हातले ताली ढोक्छौं, नाचौंला पनि हामी कुनै चेत नभएको विपक्षीजस्तो होइन।’

केपी ओलीकाे आलाेचना गर्ने र त्यही ओली सरकारले ल्याएका कार्यक्रम समेटेर टालटुले बजेट ल्याउने काम अहिलेकाे सरकारले गरेकाे उहाँले बताउनुभयाे ।

पुल, बाटाे, राजमार्ग, सिंचाइ, सुरुङ, धरहरा, रानीपाेखरी, स्कुल निजी घर बनाउने हाे भनेर प्रश्न गर्नेहरुले केही गर्न नसकेका बताउनुभयाे । बाँदर लखेट्न खेतालालाई श्रमिककाे व्यवस्था गर्‍याे भनेर कराउनेले अहिले त्यही कार्यक्रम ल्याएकाे स्मरण गर्दै उहाँले व्यंग्य गर्नुभयाे, ‘अहिले ल्याउनुभाछ, दुम्शीकाे बजेट छैन, बाँदरलाई त जाली लाउने अर्थमन्त्रीज्यू, लिस्नाे चाँहि कस्ताे बाेकेर हिँड्नुभा विचार गर्नुहाेला, लिस्टाे ठिक छैन के सत्ताकाे ।’

तुइन हटाउन खाेज्दा केपी ओलीकाे विराेध गर्ने पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणका बेला तुइन चढ्दाचढ्दै जीवन त्यागेका जयसिंह धामीकाे बारे के बाेल्नुभयाे भन्दै सांसद् बास्काेटाले प्रश्न गर्नुभयाे । ‘देश दुख्दैन, सत्ता मात्रै पाेल्छ ?’, उहाँकाे प्रश्न छ ।

Skip This