अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

यथेष्ट लगानीबिना शैक्षिक गुणस्तर उकास्न सकिन्न: सांसद बराल

यथेष्ट लगानीबिना शैक्षिक गुणस्तर उकास्न सकिन्न: सांसद बराल


काठमाडौं-नेकपा एमालेका सांसद सुनिता बरालले आर्थिक वर्ष २०८०/०८१ को वार्षिक बजेट पुनः ल्याउन अर्थमन्त्री डा. प्रकाशशरण महतलाई आग्रह गर्नुभएको छ।

प्रतिनिधिसभामा बजेटमाथिको छलफलमा भाग लिँदै बुधबार उहाँले बजेटले मुलुकमा विद्यमान समस्या समाधान गर्ने आशा जगाउन नसकेको भन्दै पुनः बजेट पेश गर्न माग गर्नुभएको छ।

उहाँले भन्नुभयो, ‘चालु खर्च पुनरावलकोन गर्न, बजेटको सिलिङ पुनरावलोकन र फेरि बजेट पेश गर्न अर्थमन्त्रीसमक्ष आग्रह गर्दछु।’

बजेटमा आगामी आर्थिक वर्षमा ६ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य निर्धारण गरिनु खुसीको विषय भए पनि बैंक तथा वित्तिय संस्थाले हाल गरिरहेको कर्जाको अवस्था हेर्दा लक्ष्य हासिल गर्न चुनौती रहेको बताउनु भयो ।

६ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्न बैंक तथा वित्तिय संस्थाले १५ देखि १८ प्रतिशतको कर्जा विस्तार गर्नुपर्नेमा चालु आर्थिक वर्षको हालसम्मको अवधिमा जम्मा ३.५ प्रतिशत मात्र कर्जा विस्तार हुनुले सरकारको लक्ष्य पुरा नहुने तर्क बरालले गर्नुभयो ।

एमाले सम्वद्ध विद्यार्थी संगठन अनेरास्ववियुको पूर्वअध्यक्षसमेत रहेकी बरालले उच्च माध्यामिक तहको शिक्षा अध्ययन गरेका युवालाई स्वदेशमै राख्ने नीति सरकारको हुनुपर्नेमा अहिलेको नीति त्यसतर्फ अग्रसर नभएको गुनासो गर्नुभयो ।