अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

विराटनगरमा अत्याधिक गर्मी बढेपछि शीतल जल वितरण

विराटनगरमा अत्याधिक गर्मी बढेपछि शीतल जल वितरण


विराटनगर – तराई क्षेत्रमा अत्याधिक गर्मी बढ्ने क्रम निरन्तर रहेकोले कोशी प्रदेशको राजधानी विराटनगरमा शीतल जल वितरण शुरु गरिएको छ ।
पछिल्लो समय अत्यधिक गर्मी बढेसँगै विराट व्यापार संघले आजबाट असार १ गतेसम्म शीतल जल वितरण कार्यक्रम शुरु गरेको हो ।

१० दिनसम्म चल्ने अभियानको पहिलो दिन करिब तीन हजार जनालाई शीतल पानी र सर्वत पानी वितरण गरिएको संघका वरिष्ठ उपाध्यक्ष प्रमोद जिङ्दलले जानकारी दिनुभयो ।

उहाँका अनुसार विराट व्यापार संघले शनि मन्दिर र विजुली अफिस छेउमा निःशुल्क पानी वितरण गर्न शुरु गरेको छ ।

विराटनगरमा अत्यधिक गर्मी बढेको कारण सर्वसाधरणलाई राहत होस भनी पानी वितरण गरेको उहाँले बताउनुभयो ।