अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

विद्युतीय गाडीमा भन्सार निस्शुल्क गर्नुपर्छ: राजेन्द्र लिङ्देन

विद्युतीय गाडीमा भन्सार निस्शुल्क गर्नुपर्छ: राजेन्द्र लिङ्देन


काठमाडौं-राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले विद्युतीय सवारी साधनहरूको भन्सार पूर्ण रुपमा निःशुल्क गर्नुपर्ने बताउनु भएको छ।

बिहीबारको प्रतिनिधिसभा बैठकमा बोल्दै अध्यक्ष लिङदेनले विद्युतीय सवारी साधनको भन्सार पूर्ण रुपमा निःशुल्क गर्नुपर्ने बताउनु भएको हो।

उहाँले आर्थिक वर्ष २०८०/८१ को बजेटमा राजश्व असुलीको लक्ष्य प्राप्ति हुन नसक्ने देखिएको बताउनु भयो। उहाँले बजेट अनुमान, अनुदान र ऋणमा आधारित भएको टिप्पणी गर्नुभयो। उहाँले करको दर र दायरा जथाभावी रुपमा बढाउने काम गरिएको पनि बताउनु भयो।

उहाँले मल कारखाना खोल्ने र हाइड्रोजन उत्पादन गर्ने कुरालाई प्राथमिकता नदिएर विगत देखिका प्रधानमन्त्रीहरूले खाली भारतलाई नदीनाला बेच्न मात्रै ध्यान दिएको आरोप लगाउनु भयो।