अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अर्थमन्त्रीलाई रघुजी पन्तको चेतावनी: चुरे नछुनुहोला, देशमा आगो बल्छ

अर्थमन्त्रीलाई रघुजी पन्तको चेतावनी: चुरे नछुनुहोला, देशमा आगो बल्छ


काठमाडौँ-नेकपा एमालेको सांसद रघुजी पन्तले नेपालको चुरे पर्वतको खनिज सामग्री नबेच्न अर्थमन्त्रीलाई चेतावनी दिनु भएको छ।

बिहीबार प्रतिनिधिसभाको बैठकमा आगामी आर्थिक वर्षका लागि प्रस्तुत बजेटमाथिको छलफलमा भाग लिँदै सांसद पन्तले देशको प्राकृतिक स्रोत साधन निर्यात गरेर देशको खर्च धान्न नसकिने बन्दै चुरे पर्वत नचलाउन चेतावनी दिनु भयो ।

‘नीति तथा कार्यक्रममा पनि आएको छु, प्रधानमन्त्रीले भाषण गर्दै हिँड्नु भएको छ र तपाईको बजेटमा पनि आएको छ’, उहाँले भन्नुभयो, ‘चुरे नछुनुहोला, चुरे छुनुभयो भने देशमा आगो बल्छ।’

यस्तै उहाँले नेपाल श्रीलंका र पाकिस्तान जस्तो बन्ने हो कि भन्ने खतरा रहेको बताउनु भयो। अहिले नेपालको आर्थिक सूचकाङ्कहरू कुनैपनि सकारात्मक नरहेको बताउँदै सांसद पन्तले भन्नुभयो, ‘न निजी क्षेत्र बलियो छ, न सरकारी क्षेत्र बलियो छ, सहकारीलाई त यो बजेटले सम्बोधन नै गरेकै छैन। यो बजेटमा समाजवाद भन्ने शब्द नै उहाँले बिर्सिदिनु भएको छ। समाजवाद शब्द राख्दैमा अहिल्यै समाजवादमा पुगिने कुरामा विश्वास त राख्दिन तर राष्ट्रिय पुँजीको व्यवस्था त अहिलेदेखि नै गर्नुपर्‍यो। देङ सायो पिङ, टाट पल्टिएको, अनिकाल लागेको मुलुकमा पार्टी सत्तामा गएको थियो, प्रभावशाली भएका थिए । जुन बेला पिवि नर्सिंह राव प्रधानमन्त्री र मनमोहन सिंह अर्थमन्त्री भए मुलुकको हालत त्यही थियो । तर उनीहरुले एउटा सपना देखे ।’

उहाँले बजेट देशको सपना देख्ने माध्यम भएको बताउँदै साग बेच्ने पसलेदेखि अर्बपतिसम्मलाई सम्बोधन गर्न सक्षम हुनुपर्ने बताउनु भयो।