अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

संसदमा योगेशको प्रश्न : सत्तापक्ष एमालेसँग भिड्न खोजेको हो ?

संसदमा योगेशको प्रश्न : सत्तापक्ष एमालेसँग भिड्न खोजेको हो ?


काठमाडौं – नेकपा एमालेले कोशी प्रदेशमा पहिचानका नाममा सत्तारुढ दलकै नेता(कार्यकर्ताले एमालेमाथि आक्रमण गरेका भन्दै आपत्ति जनाएको छ ।

शुक्रबार बसेको प्रतिनिधि सभा बैठकमा समय लिएर बोल्दै एमालेका सचिव एवं सांसद् योगेश भट्टराईले कोशी प्रदेश नामाकरणपछि पहिचानवादी समूहले पार्टीका नेतालाई निशाना बनाएको भन्दै कडा आपत्ति जनाउनुभयो ।

कोशी प्रदेशको नामलाई लिएर एमालेका शीर्ष नेताको हत्या प्रयास भएको भन्दै उहाँले एमाले नेतामाथि निरन्तर भइरहेका आक्रमणबारे स्पष्ट जवाफ दिन गृहमन्त्री नारायणकाजी श्रेष्ठको ध्यानाकर्षण गराउनुभयो । सांसद् भट्टराईले भन्नुभयो प्रदर्शनकारीको मृत्यु के कारणले भयो ? पुलिसले हो कि ? राज्यले हो ? या अरु कारणले गृहमन्त्रीज्यू जवाफ चाहियो, प्रदेशको नाम के राख्ने हामीसँग सरोकारको विषय होइन, कुनै पार्टीलाई चित्त बुझेको छैनभने वैधानिक प्रक्रियाबाट दुई तिहाइ बहुमतबाट नाम परिवर्तन गर्नुस् हामीलाई स्वीकार्य छ, ढुंगामुढा र अराजकता सृजना गरेर हुँदैन, देशलाई जातिय र साम्प्रदायिक विभाजन गर्नेभन्दा दुस्खद कुरा केही छैन, यो स्वीकार्य हुँदैन ।

सत्तापक्ष एमालेसँग भिड्न खोजेको हो ? भन्ने प्रश्न गर्दै उहाँले भन्नुभयो मुख्यमन्त्रीमाथि हमला हुन्छ, अरु मन्त्रीमाथि दुर्व्यवहार भएको छ, सरकारी कार्यालयका साइनबोर्ड फ्याँकिएका छन्, सरकार रमिता हेरेर बसेको छ ।सत्तारुढ घटकमध्येका केही दलका प्रतिनिधिहरु हाम्रो पार्टी अध्यक्षमाथि हातपात गर्न आए, राम रानामाथि हातपात गर्न आए, उपनेतामाथि हातपात गर्न आए, उपसभामुखमाथि हातपात गर्न आए, तपाइँलाई भिडियो र फोटो देखाउला, सत्तापक्ष हामीसँग भिड्न आउन खोजेको छ ।

शान्तिपूर्ण विरोध प्रदर्शनमा विश्वास गर्ने पार्टी भएको भन्दै उहाँले वैधानिक प्रक्रियाबाट नाम बदले कुनै आपत्ति नरहने बताउनुभयो । सरकारले सुरक्षा दिन नसके एमालेले आफ्नो सुरक्षा आफैं गर्ने सांसद् भट्टराईले बताउनुभयो । उहाँले भन्नुभयो ( ुएमालेमाथि पार्टीगत हिसाबले नेतागत हिसाबले निशाना लगाइन्छ भने, यदि गृहमन्त्रीजी तपाइँले सुरक्षा दिन सक्नुहुन्न भने एमालेको सुरक्षा एमालेले गर्छ, गृहमन्त्रीबाट स्पष्ट जवाफ चाहान्छौं, स्पष्ट जवाफ आएन भने हाम्रो विरोध जारी रहन्छ ।ु

यो बुद्धको देशमा के हुँदैछ, कसले यो हिंसा मच्याउन खोज्दैछ भन्ने प्रश्न पनि सांसद् भट्टराईले बताउनुभयो ।