काठमाडौं-नेकपा एमालेका सांसद रघुजी पन्तले नेपालले पनि आफ्नो संसद भवनमा टिस्टा र काँगडा समेटिएको नेपालको नक्सा टाँस्नुपर्ने बताउनु भएको छ।
शुक्रबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै पन्तले भारतले सांस्कृतिक र ऐतिहासिक नक्सा भनेर नेपालको भूभाग समेटिएको नक्सा संसद भवनमा टाँसेको विरोधमा नेपालले पनि टिस्टा र काँगडासम्मको नक्सा संसद भवनमा टाँस्नुपर्ने बताउनु भएको हो।
उहाँले भन्नुभयो, ‘यदी भारतले सांस्कृतिक र ऐतिहासिक नक्सा भनेर आफ्नो संसदमा राखिराख्न पाउँछ भने हामीले सतलज र राबी नदीसम्म पुगेको सिमाना, टिस्टा र काँगडा सामेल गरेको नक्सा हामीले पनि आफ्नो संसद भवनमा टाङ्दा के हुन्छ।’
बिहीबार भारतीय विदेशमन्त्री यश जयशंकरले संसदमा टाँसेको ‘अखण्ड भारत’को नक्साबारे छिमेकी मुलुकहरूले बुझेको र यसलाई राजनीतिक रूपमा लिन नहुने बताउनु भएको थियो।
पन्तले भन्नुभयो, ‘भारतीय विदेशमन्त्री र भारतीय विदेश मन्त्रालयका प्रवक्ताले मित्र देश नेपालले कपिलवस्तु समेटिएको नक्साबारे चित्त बुझाइसक्यो भनेर भन्नुभएको छ। के नेपालले चित्त बुझाएको हो । यदी भारतले संसद् भवनमा राखेको नक्सा ऐतिहासिक र सांस्कृतिक भनेर आफ्नो संसद्मा राखिराख्न पाउँछ ?’
प्रतिक्रिया