काठमाडौं-राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुका मेडिकल ल्याब टेक्नोलेजिष्ट रु.५० हजार घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज (शुक्रबार) काठमाडौं प्रयोगशालामा कार्यरत (अधिकृत छैटौं तह) लेखानाथ भट्टराईलाई पक्राउ गरेको हो ।
आयोगका प्रवक्ता भोला दाहालले अधिकृत भट्टराईले ५० हजार घुस लिइसकेको अवस्थामा रकमसहित पक्राउ गरेको जानकारी दिनुभयो।
भट्टराईले ल्याब दर्ता प्रक्रिया अगाडि बढाउन सहजीकरण गरिदिने भनेर सेवाग्राहीसँग घुुस मागेको आरोप छ।
प्रवक्रा दाहालले घुस माग गरेको सूचना पाएपछि आयोगको टोलीले भट्टराईलाई ५० हजार घुससहित काठमाडौं महानगरपालिका–३१ शंखमुलबाट पक्राउ गरेको बताउनुभयो ।
प्रतिक्रिया