अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

नेताहरूमाथि भएको आक्रमणको एमाले कोशी प्रदेशद्वारा घोर भत्सर्ना

नेताहरूमाथि भएको आक्रमणको एमाले कोशी प्रदेशद्वारा घोर भत्सर्ना


काठमाडौं-नेकपा एमाले कोशी प्रदेशले पहिचानको नाममा आन्दोलन गरिरहेको पहिचान पक्षधरहरुले एमालेका नेताहरुमाथि पटक-पटक आक्रमण गरेको भन्दै घोर भत्सर्ना गरेको छ।

एमाले कोशी प्रदेश अध्यक्ष तुलसी प्रसाद न्यौपानेले शुक्रबार सार्वजनिक गरेको विज्ञप्तीमा कोशी प्रदेशकी उपसभामुख सिर्जना दनुवार सवार र संसदीय दलका उपनेता रामबहादुर रानामाथि आक्रमण गरेपछि घटनाको निन्दा गरेको बताउनु भएको छ।

बिहीबार इलाममा कोशी प्रदेशका सांसद तथा एमाले संसदीय दलका उपनेता रामबहादुर रानामाथि आक्रमणका साथै गाडीमा मोविल खन्याएर आगो लगाउने दुसप्रयास गरेको थियो भने उदयपुर जिल्लाको श्री १८ नं बाहिनी भुल्केमा रहेको सर्पदंश उपचार केन्द्रमा स्वास्थ्य सामाग्री हस्तान्तर गरी फर्कने क्रममा कोशी प्रदेशका उपसभामुख सिर्जना दनुवार र त्रियुगा नगरापालिकाको उपमेयर महेश्वरी राईमाथि पहिचानवादी बताउने एक हुल मानिसले गरेको आक्रमणलाई एमालेले अपराधिक क्रियाकलापको संज्ञा दिएको छ।

त्रियुगा नगरापालिकाको उपमेयर राईलाई लक्षित गरी नारा जुलुस गर्दै ढुङ्गामुढा प्रहारबाट उपमेयर सवार गाडी क्षति पुगेकोले यस्तो अवाञ्छित, जधन्य र अपराधपूर्ण घटनाहरुले एमाले कोशी प्रदेश गम्भीर बनेको विज्ञप्तीमा उल्लेख गरिएको छ।

दोषीलाई नियन्त्रणमा लिई कानूनी दायरामा ल्याउन र शान्ति सुरक्षा वहाल गर्न संघिय सरकार संग माग गरेको छ भने एमाले पार्टी नेता, कार्यकर्तामाथि हुने गरेका आक्रमण र हिंसाका घटको डटेर प्रतिवाद गर्ने संकल्प लिएको छ।