काठमाडौँ–कालिकोटमा जीप दुर्घटना भएको छ ।
शनिबार राति साढे ११ बजे चौकी बजारबाट हाउडीतर्फ जाँदै गरेको लु१च ८४९८ नम्बरको जीप दुर्घटना भएको कालिकोटका प्रहरीले जनाएको छ । प्रहरीका अनुसार जीप दुर्घटनामा तीनजनाको मृत्यु भएको छ ।
दुर्घटनामा जीप चालक शुभकालीका गाउँपालिका–२ बस्ने ३० वर्षीय हर्क विश्वकर्मा, शुभकालीका गाउँपालिका–८ बस्ने ३१ वर्षीय रामबहादुर शाही र दैलेखको नौमुले घर भएका २५ वर्षीय सलामी मगरको मृत्यु भएको प्रहरीले जनाएको छ ।





प्रतिक्रिया